बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली विद्यार्थीले नेपालमा इन्टर्न गर्न नपाउने

भाद्र २७, २०८१ | काठमाडौं

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न नपाउने भएका छन् ।

बंगलादेशमा हालै भएको राजनीतिक उथलपुथलपछि त्यहाँ इन्टर्नसीप गरिरहेका र गर्ने तयारीमा रहेका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए । बंगलादेशमा सुरक्षा चुनौती देखिएको भन्दै उनीहरुले नेपालमा नै इन्टर्नसीप गर्न पाउनुपर्ने माग गरेका थिए ।

तर परराष्ट्र मन्त्रालयले ढाकास्थित राजदूतावास मार्फत सम्बन्धित निकायमा गरेको पत्राचारपछि उनीहरुले चिकित्सा शिक्षा अध्ययन गरिरहेको मेडिकल कलेजले तोकेको अस्पतालहरुमा इन्टर्नसीप गर्नुपर्ने जानकारी आएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बंगलादेशमा नेपालबाट एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययन गर्न नेपाली विद्यार्थीहरु जाने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको धारणा माग गरेको थियो । बंगलादेशमा कोटा प्रणालीलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किएपछि चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका हुन् ।  


प्रतिक्रिया