एक सय दिनमा प्रतिवद्धता अनुसार ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दावी

कार्तिक ७, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गर्छु भनेका काममध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नु भएको छ ।

 सरकारको सय दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि थालेका कामहरू अघि बढाउने र निर्धारित समयमा सक्ने बिषयलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही हुने प्रतिवद्धता जनाउनुभयो । सहकारी ठगीमा हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको उहाँको भनाइ छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले काँग्रेस–एमाले गठबन्धन सरकार ढल्छ भनेर दिवा सपना नदेख्न आग्रह गर्नुभएको छ । काँग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार नढल्ने उहाँले दावी गर्नुभयो ।

जनताको अपेक्षा पूरा गर्नु सरकारको दायित्व रहेको भन्दै प्रधानमन्त्री ओलीले काम र अपेक्षाबीच सन्तुलन चाहिएको बताउनुभयो । देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया