लुम्बिनीमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार

कार्तिक ८, २०८१ | काठमाडौं

लुम्बिनी प्रदेशमा तीन पटक मन्त्रिमण्डल विस्तार गरिदाँ पनि अझै पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिमण्डल विस्तार गरि काँग्रेसका दुई र जसपाका एक मन्त्री थपेपनि १२ सदस्यीय मन्त्रिमण्डलले पुर्णता पाउन नसकेको हो ।

नेपाली काँग्रेसका जन्मजय तिमल्सिनाले सामाजिक विकास, देवकरण कलवारले वन तथा वातावरण र अशोक राई नेतृत्वको जसपाबाट आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ । गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त आचार्यले यसअघि साउन ७ र १८ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।

पछिल्लो पटक ३ मन्त्री थपिएपनि युवा तथा खेलकुद मन्त्रालय रिक्त छ । सो मन्त्रालयमा नागरिक उन्मुक्तिका राजकुमार चौधरीलाई लैजाने काँग्रेसको तयारी भएपनि त्यो तत्कालका लागि रोकिएको छ ।

सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिमण्डल अधुरो बनेको हो ।   


प्रतिक्रिया