नेपालद्धारा दक्षिण अफ्रिकालाई १ सय ९९ रनको लक्ष्य पेश
मंसिर ११, २०८१ | काठमाडौं
पकिस्तानमा जारी दृष्टिबिहिन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासामु १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।
नेपालका लागि नरेश चौधरीले सर्वाधिक ८० रन जोड्यो । यस्तै, सागर लामाले ४० र पदम बदैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका भुले भिड्लाले एक विकेट लिए ।
दक्षिण अफ्रिका अहिले जवाफि ब्याटिङमा छ ।
दक्षिण अफ्रिकालाई हराएमा नेपाल सेमिफाइनल पुग्नेछ ।
यसअघि, हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको थियो । नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित थियो ।
अब नेपालले अन्तिम खेलमा भोली घरेलु टोली पाकिस्तानसँग खेल्ने छ ।
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।