रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन हुने

पुस ७, २०८१ | काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अदालतमा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म ऐनअनुसार लामिछानेको पद निलम्बनमा पर्ने बताउनुभयो । 

अदालतमा अभियोगपत्र दर्ता गरिएकोबारे संसद् सचिवालयलाई जानकारीसहितको पत्र पठाउने तयारी भइरहेको काफ्लेले जानकारी दिनुभयो ।  


प्रतिक्रिया