दार्चुलामा महाकाली कटेर भारतीय डोजर नेपाली भूमिमा प्रवेश

पुस ७, २०८१ | काठमाडौं

दार्चुलाको महाकाली नगरपालिका–५ स्थित वीरेन्द्रवन नजिक नेपाल–भारत सीमाका रुपमा रहेको महाकाली नदी पार गरि भारतीय डोजर नेपाल प्रवेश गरेको छ ।

आज विहान साढे ११ बजेतिर भारतीय डोजर विना अनुमति नेपाल आएको हो । भारतीय ठेकेदार कम्पनीको सो डोजर नेपाल प्रवेश गरेपछि स्थानीय आक्रोशीत बनेका छन् भने चालकलाई नियन्त्रणमा लिाइएको हाम्रा सहकर्मीले जनाएका छन् ।

दूई देशबीचको सीमाका रुपमा रहेको महाकाली नदि पार गरि डोजर प्रवेश गरेपछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी नदी किनारमा पुगेका छन् ।

२०७० सालमा आएको बाढीपछि महाकालि नदीले धार परिवर्तन गरेपछि नेपाली भूमि समेत सीमा पारी पुगेको छ । सो क्षेत्रमा भारतीय पक्षले निमार्ण गरिरहेको संरचनाका लागि पानी डाइर्भट गर्न डोजर नेपाली भूभागमा आएको हुन सक्ने बताइएको छ ।

द 


प्रतिक्रिया