स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव मिश्राको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

चैत्र ४, २०८१ | काठमाडौं
सर्वोच्च अदालतले सचिव बढुवामा अन्याय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्राले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
गत फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले डा. विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।