राप्रपाले आगामी आइतवार काठमाडौंमा प्रदर्शन गर्ने

वैशाख ४, २०८२ | काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी आइतवार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै अघि बढाउने निर्णय गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयबारे जानकारी दिँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौंमा प्रदर्शन गर्ने बताउनुभयो ।
कार्यसम्पादन समितिले आन्दोलनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गरेको थियो । अध्यक्ष लिङदेनले चैत १५ गतेको प्रदर्शनपछि पक्राउ परेका नेताको रिहाइका लागि दवावमूलक कार्यक्रम गर्ने बताउनुभयो ।
आन्दोलनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।