काठमाडौ घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन

जेष्ठ ४, २०८२

काठमाडौ घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन गरिएको छ । सगरमाथा सम्वादको दोस्रो संस्करण आगामी सन् २०२७ मा गर्ने घोषणा समेत गरिएको छ । जलवायुका क्षेत्रमा काम गर्दै आएका डेढ सय बढी अन्तर्राष्ट्रिय विज्ञ तथा स्वदेशी प्रतिनिधिले कार्यक्रमका दौरान विभिन्न अनुभव आदनप्रदान गरेका छन् । कार्यक्रममा हरित अर्थतन्त्र, हानी र क्षति रोक्ने न्यूनीकरण गर्ने लगायत विषयमा छलफल भएको थियो । 

यसैबीच, घोषणा पत्र जारी गर्नुअघि वातावरण प्रदूषण, जैविक विविधतामा हस, जलवायु परिवर्तन जस्ता विषयमा छलफल भएको थियो । नेपालमै पहिलो पटक आयोजना गरिएको यस प्रकारको कार्यक्रममा नेपाल जस्ता पर्वतीय मुलुकले भोगेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत समेत गराइएको संवाद कार्यक्रमका सदस्य सचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो । 

जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रुपमा परिरहेका बेला नेपालजस्ता हिमाली देशमा यसको असर बढी देखिएको छ ।   


प्रतिक्रिया