सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक पौडेलसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जेष्ठ ५, २०८२ | काठमाडौं
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ५ जना र एक कम्पनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानीपु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका लागि आर्थिक वर्ष ०७५÷०७६ मा खरिद गरिएका उपकरणमा भ्रष्टाचार गरेको भन्दै केन्द्रका तत्कालीन निर्देशक सुनिल पौडेल, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेन विरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । म्याक्स इन्टरनेशनलविरुद्ध पनि मुदा दायर भएको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार सूचना प्रविधि केन्द्रको सामान खरिदमा २६ करोड २९ लाख ५३ हजार ३ सय ३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार विभिन्न शीर्षकमा गरि दुई पटकसम्म भ्याटबाहेक २ करोड ६५ लाख र ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।
संयुक्त रुपमा सरकारलाई हानी पु¥याउने गरि ५ करोड ७९ लाख रुपैयाँ बढी रकम भुक्तानी दिएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता पौडेलले बताउनुभयो ।