गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले गरे संसद् अवरुद्ध

जेष्ठ १३, २०८२ | काठमाडौं

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलका सांसदले बैठक अवरुद्ध पारेका हुन् ।

भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रुपमा भईरहेको भन्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग प्रतिपक्षीको छ । सभामुख देवराज घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ गरेसँगै विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए । 

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा नाराबाजी समेत गरेका छन् । प्रतिपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले सांसदहरुलाई बस्न आग्रह गरेपनि अवरोध जारी राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।


प्रतिक्रिया