गाजामा इजरायलको हवाई हमलाः ६ बालबालिकासहित १० जनाको मृत्यु

असार ३०, २०८२ | काठमाडौं
इजरायलले गाजा क्षेत्रको शरणार्थी शिविरमा गरेको हमलामा ६ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । गाजाको नुसेरात शरणार्थी शिविरमा पानी भर्ने क्रममा इजरायली हवाई आक्रमणमा १० जना सर्वसाधारणको मृत्यु भएको हो । बालबालिकाको मृत्युमा इजरायली सेनाले क्षमा याचना गर्र्दै प्राविधिक त्रुटि भएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजरायली सेनाले इस्लामिक जिहाद आतंकवादीलाई लक्षित गरी गरिएको आक्रमणमा “प्राविधिक त्रुटि“ भएको बताएको छ । जसको कारण हतियार लक्ष्यबाट दर्जनौं मिटर टाढा खसेको थियो । इस्लामिक जिहाद लक्षित आक्रमणमा बालaबालिकाको मृत्युबारे घटनाको समीक्षा गर्ने इजरायलले जनाएको छ ।
सो आक्रमणमा घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ६ जना बालबालिका छन् । प्रत्यक्षदर्शीका अनुसार पानीका जर्किन बोकी ट्यांकर नजिक पर्खिरहेको बेला ड्रोनबाट मिसाइल आक्रमण भएको थियो । इजरायली रक्षा बल आइडीएफलेसर्वसाधारणलाई क्षति पुगेको स्वीकार गर्दै निहत्थाको क्षति कम गर्न यथासम्भव प्रयास गर्ने बताएको छ ।