एमालेको विधान महाधिवेशन आज सकिँदै

भाद्र २२, २०८२ | काठमाडौं
नेकपा एमालेको जारी विधान महाधिवेशन आज सकिँदैछ ।
ललितपुरको गोदावरीमा अस्तीबाटसुरु भएको विधानमहाधिवेशनमा सबैको सुझाव समेटेर एकीकृत रुपमा पार्टी विधान तयार गरि सम्पन्न गर्ने तयारी भएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन सहितको प्रतिवेदनसंगै विभिन्न परिषदका प्रतिवेदनमाथी १० समूहले छलफल विमर्श गरेका थिए ।
यसैविच, महाधिवेशन हलमा पार्टीको नेतृत्वप्रति प्रश्न उठाउने नेता तथा कार्यकर्तामाथि निगरानी भए पनि नेताहरुले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको बताएका छन् । उनीहरुले विधान नेतामुखी भएको भन्दै कार्यकर्तामुखी बनाउनुपर्ने सुझाव दिएका छन् । महाधिवेशनले तयार गरेको विधानलाई नेतृत्व चयन गर्ने महाधिवेशनले परिवर्तन गर्न नुहने सुझाव पनि नेताहरुको छ ।
राजनीतिक कार्यदिशाले बहुदलीय जनवादको मर्म अनुसार जनताका पक्षमा काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । पाटी सरकारमा भएपनि सत्ता जोगाउन केन्द्रित भएकाले जनताका काम गर्न चुकेको विषय पनि समुहमा उठेको छ । पार्टी नेताको जिम्मेवारी, नियुक्तिमा सीमित भई लाभ लिनमा मात्र केन्द्रित भइरहेको भन्दै प्रतिनिधिहरुले विधानमै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने÷नआउने नैतिक प्रश्न भए पनि उहाँलाई रोक्ने नाममा विधानको गलत व्याख्या गर्न नहुने प्रतिनिधिहरुको सुझाव छ ।