एभरेष्ट महिला भलिबल लिगमा आज दुई खेल हुने

भाद्र २२, २०८२ | काठमाडौं

पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगमा आज दुईवटा खेल हुँदैछ । 

पोखरा रंगशालास्थित कभर्डहलमा हुने आजको पहिलो खेलमा काठमाडौं स्पाइकर्स र मधेश युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा अपरान्ह ४ बजे मधेश युनाईटेड र लुम्बिनी लाभाजबीच प्रतिस्पर्धा हुनेछ ।

 जारि लिगमा ललितपुर क्विन्स र कर्णाली यश्वीस अपराजित छन् । दुवैटोलीले २ खेलबाट ६ अंक बनाएका छन् । यद्यपि ललितपुर शीर्ष स्थानमा रहँदा कर्णाली दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानमा रहेको मधेशले २ खेलबाट एकमा जित सहित ३ अंक बनाउँदा लुम्बिनी, पोखरा र काठमाडौंले भने अहिलेसम्म जित निकल्न सकेका छैनन् । 

लिग अन्तर्गत  यसअघि हिजो भएका खेलमा ललितपुर क्वीन्सले काठमाडौं स्पाइकर्सलाई ३–० को सोझो सेटमा हराउँदा कर्णाली यश्वीसले लुम्बिनी लाभाजलाई ३–१ र मशेध युनाइटेडले पोखरा निन्जालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।   


प्रतिक्रिया