सामाजिक सञ्जालमा रोक लगाउने सरकारी निर्णयको विरोधमा काठमाडौंमा प्रर्दशन हुँदै

भाद्र २२, २०८२ | काठमाडौं
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारीहरुले आज आन्दोलन गर्ने भएका छन् ।
पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहाल, गोविन्द आचार्य, रमेश विष्ट लगायतका पूर्वपदाधिकारीहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले सरकारको सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक’ भन्दै तत्काल फिर्ता लिन अल्टिमेटम दिएका छन् । संसद्बाटै कानून बनाएर नियमनको बाटो खुला हुँदा हुँदै सरकारले सामाजिक सञ्जालहरुलाई पूर्णरुपमा बन्द गर्ने कठोर र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।
सरकारले तत्काल सामाजिक सञ्जाल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् । आन्दोलनको समय दिउँसो २ बजे तय भएका महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।