यूएस ओपन टेनिसः महिला तर्फको उपाधि बेलारुसकी सबालेन्कालाई

भाद्र २२, २०८२ | काठमाडौं
विश्व नम्बर एक आर्यना सबालेन्काले यस वर्षको यूएस ओपन टोनीसको महिला तर्फको उपाधि जितेकी छन् ।
गएराति भएको फाइनल खेलमा बेलारुसकी २७ वर्षीया सबालेन्काले आठौं बरियताकी अमेरिकाकी खेलाडी एमेण्डा एनीसिमोभालाई ६–३, ७–६ ले पराजित गदै लगातार दोस्रो पटक उपाधि उचालेकी हुन् ।
सबालेन्का सेरेना विलियम्सपछि लगातार दुई पटक युएस ओपन जित्ने पहिलो महिला खेलाडी बन्न सफल भइन् । उनले यसअघि २०२४ मा जेसिका पेगुलालाई हराएकी थिइन् ।
आफ्नो नाममा नयाँ रेकर्ड बनाएकी साबलेन्काले यो सँगै यस वर्ष चौथो ग्रान्ड स्लाम उपाधि समेत हात पारेकी छन् ।
यसैबीच पुरुष एक तर्फको उपाधिकालागि आज इटालीका जानीक सिनर र स्पेनका कार्लोस अल्काराजबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल नेपाली समय अनुसार राति पौने १२ बजेबाट सुरु हुनेछ ।