कांग्रेसको पार्टी कार्यालय अगाडी कार्यकर्ताको प्रदर्शन
पुस २२, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताले ललितपुरको सानेपास्थित पार्टी कार्यालय अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै प्रर्दशन गरेका हुन् ।
बैठकमा सहभागी हुन आएका नेताहरुलाई गेटमा रोकेर उनीहरुले विशेष महाधिवेशनमा जान आग्रह गरेका थिए । सो क्रममा नेता विमलेन्द्र निधि र कार्यकर्ताबीच केहीबेर भनाभन समेत भएको थियो ।
संस्थापन पक्षले विशेष महाधिवेशन हुन नदिने रणनीति बनाएको छ । संस्थापन पक्षका ५ जना सभापतिले विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै नियमित महाधिवेशनका लागि केन्द्रित हुन अपिल जारी गरेका छन् ।
यसैबीच, कांग्रेस नेता डा. शेखर कोइरालाले महाधिवेशनको बिषयलाई लिएर पार्टीभित्र बढुदो विवादबारे आज पनि नेताहरुसँग परामर्श गर्नुभएको छ । सो क्रममा उहाँले पार्टीले नै निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेको बताइन्छ ।









