अमेरिकाको घोषणाप्रति चीनको आपत्ति
पुस २३, २०८२ | काठमाडौं
राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले ५० मिलियन बेरल तेल सम्म अमेरिकालाई दिन तयार रहेको दाबी गर्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले सो तेल बजार मूल्यमा बिक्रि गरिने र नाफा भेनेजुयला र अमेरिकी नागरिकको हितमा प्रयोग गरिने उल्लेख गर्नुभएको छ ।
अमेरिकाको सैन्य कारबाहीमा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाइ कब्जा गरी सत्ताच्युत गरेपछि राष्ट्रपति ट्रम्पको सो अभिव्यक्ति आएको हो । भेनेजुएलाका अन्तरिम अधिकारीहरुले उच्च गुणस्तरको प्रतिबन्धित तेल अमेरिकी पक्षलाई ३०–५० मिलियन ब्यारेलसम्म दिन तयार भएको ट्रम्पले बताउनुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले भेनेजुएलामा अमेरिकी तेल उद्योग १८ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने र देशमा ठूलो मात्रामा लगानी भित्रिने अपेक्षा गरेको बताउनुभएको समाचारमा उल्लेख छ । भेनेजुएलाको तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीनले ट्रम्पको सो घोषणाकोे निन्दा गरेको छ।











