शान्ति र सद्भावको बाटोमा अघि बढ्न उपराष्ट्रपति यादवको अपिल

रेडियो कान्तिपुर संवाददाता

पुस २२, २०८२ | काठमाडौं

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आपसी द्वन्द्व र विवाद त्यागी शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्न आव्हान गर्नुभएको छ ।

पछिल्ला दिनमा मुलुकका केही भूभागमा धार्मीक सम्प्रदायबीच उत्पन्न असमझदारीले सामाजिक सद्भावलाई चुनौती दिएको भन्दै उपराष्ट्रपति यादवले संयम रहन आग्रह गर्नुभएको हो । 

जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिक एउटै राष्ट्रिय परिवारका सदस्य भएको चर्चा गर्दै उहाँले भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वासको पहिचानलाई कायम राख्नु सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ । 


प्रतिक्रिया