राष्ट्रिय सभामा कांग्रेस र एमालेबीचको चुनावी तालमेलप्रति महामन्त्री थापाको असन्तुष्टि
पुस २३, २०८२ | काठमाडौं
नेपाली कांग्रेसभित्र राष्ट्रिय सभा निर्वाचनमा गरिएको गठबन्धनप्रति असन्तुष्टि देखिएको छ । कांग्रेसको कार्यसम्पादन बैठकपछि महामन्त्री गगन थापाले राष्ट्रिय सभामा कांग्रेस र एमालेबीच भएको चुनावी तालमेल प्रति आपत्ति जनाउनुभएको छ ।
महामन्त्री थापाले पार्टीको जिम्मेवार पदाधिकारीलाई जानकारी नदिइ एकलौटी उम्मेदवार छनौटको निर्णय गरिएको थापाको भनाइ छ । नेपाली कंग्रेसले ९, एमालेले ८ र लोसपाले एक सिट पाउने गरी तालमेलको निर्णय भएको थियो । कंग्रेस नेताहरुका अनुसार, नेता शेखर कोइराला पक्षका तीन जना नेतालाई उम्मेदवार बनाइएको छ।











