विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइयो
माघ १६, २०८२ | काठमाडौं
विभिन्न कार्यक्रम आयोजना गरीसहिद दिवस मनाइएको छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको हो ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण सहिदको आकांक्षा पुरा गर्नु पर्ने दायित्वप्रति जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । दिवसका अवसरमा सन्देश जारी गर्दै उहाँले सहिदको आकांक्षा पुरा गर्न सबैमा प्रेरणा र हौसला प्रदान गर्न सकोस् भनी कामना गर्नु भएको हो ।









