निर्वाचन गर्ने वातावरण बनाउन नसकेको ओलीको टिप्पणी

रेडियो कान्तिपुर संवाददाता

माघ १५, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभएको छ । निर्वाचन घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञसँग सुझावका लागि छलफल गर्ने क्रममा ओलीले चुनावी सुरक्षामाथि प्रश्न उठाउनुभएको हो । 

एमालेका प्रचार संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिअनुसार अध्यक्ष ओलीले राज्यका संयन्त्रका गतिविधि र कामकारबाहीका विषयलाई नजिकबाट नियालिरहेको भन्दै सरकारले चुनावी वातावरण बनाउन नसकेको आरोप लगाउनुभएको छ ।

 भदौमा भएको विध्वंसले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पु¥याएको क्षतिको पुनर्निर्माण तथा राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ अघि बढ्ने ओलीको भनाइ छ । 


प्रतिक्रिया