पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा ४१ जना विद्रोहीको मृत्यु
माघ १६, २०८२ | काठमाडौं
पाकिस्तानमा सुरक्षा बलले गरेको दुईवटा सुरक्षा कारबाहीमा परि ४१ जना विद्रोहीको मृत्यु भएको छ । दक्षिण–पश्चिमी क्षेत्र बलुचिस्तानमा गरिएको कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको त्यहाँको सेनाले जनाएको हो ।
सेनाले विज्ञप्ति जारी गर्दै बलुचिस्तानको पञ्जगुर जिल्लामा गरिएको पहिलो कारबाहीका क्रममा ३० र हर्नाइ जिल्लामा गरिएको दोस्रो कारबाहीका क्रममा थप ११ सहित ४१ जनाको मृत्यु भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
हिजो गरिएको सो सुरक्षा कारबाहीका क्रममा सेना तर्फभने कुनै मानविय क्षति नभएको समाचारमा जनाइएको छ । पाकिस्तानी सेनाले मारिएका विद्रोही भारतको समर्थनमा सक्रिय रहेको दाबी गरेको छ ।









