भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री अर्याल

रेडियो कान्तिपुर संवाददाता

माघ २४, २०८२ | काठमाडौं

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरिएको बताउनुभएको छ । निर्वाचन सुरक्षा र आचारसंहिता कार्यान्वयनबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि आज नुवाकोटमा सञ्चारकर्मीसँग उहाँले भयरहित वातावरणमा चुनाव गराउन सुरक्षाको सुदृढ प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले सरकारको ध्यान शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नेमा केन्द्रित रहेको उहाँको भनाई छ । मतदातालाई निर्भीक भएर मतदानमा सहभागी हुन आग्रह गर्दै देशभर निर्वाचनको वातावरण बनेको गृहमन्त्रीले अर्यालले बताउनुभयो । 


प्रतिक्रिया