मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरु छिटो फैसला गर्न आयोगको आग्रह

रेडियो कान्तिपुर संवाददाता

चैत्र ३०, २०८२ | काठमाडौं

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्ने बताउनुभएको छ । मानव बेचबिखन विरूद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजानिक गर्दै उहाँले मुद्दाको फैसला छिटो हुँदा पीडितले राहत पाउने बताउनुभएको हो । 

अध्यक्ष मगरले अधिकांश मद्दामा अदालत न्याय निरूपण हुन ढिलाइ हुने गरेको गुनासो बढेको बताउनुभयो । उहाँले छिटो न्याय सुनिश्चित गर्न कानुनी प्रक्रिया सुधार गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मगरका अनुसार वार्षिक रूपमा कम्तिमा ३ सय ५१ जना बेचविखनमा पर्ने गरेका छन् । 


प्रतिक्रिया