भारत भ्रमण सम्वादका आधारमा प्राथमिकता निर्धारण गर्छौं : परराष्ट्र मन्त्री खनाल
चैत्र ३०, २०८२ | काठमाडौं
दक्षिण छिमेकी भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएपनि मिति भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ । मरिससमा आयोजित सम्मेलनमा भाग लिएर स्वदेश फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र मन्त्री शिशिर खनालले भ्रमणको निम्तो आएपनि मिति घोषणा हुन बाँकी रहेको बताउनुभएको हो ।
उच्चस्तरिय भ्रमण स्वभाविक भएपनि त्यसका लागि प्राथमिकता निर्धारण हुनुपर्ने परराष्ट्र मन्त्री खनालको भनाइ थियो । सम्मेलनका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर लगायतसँग साइडलाइन भेट गर्नुभएको थियो ।











