सिद्धान्तविहीन 'लोकप्रियतावाद'ले लोकतन्त्रमाथि प्रहार गरिरहेको संयोजक दाहालको भनाइ
माघ २६, २०८२ | काठमाडौं
नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तविहीन ‘लोकप्रियतावाद’ले लोकतन्त्रमाथि प्रहार गरिरहेको दाबी गर्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादलाई बढावा दिइएको बताउनुभयो ।
संयोजक दाहालले गणतन्त्र, संघीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने आफ्नो पार्टी नै सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति भएको दाबी गर्नुभयो । ‘जेन–जी’ आन्दोलन र त्यसबाट उत्पन्न विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको दाहालको भनाइ थियो ।








