सबै जिल्ला प्रशासन कार्यालयलाई एकद्धारसेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन

रेडियो कान्तिपुर संवाददाता

वैशाख ५, २०८३ | काठमाडौं

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित ९ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा प्रवाहलाई थप प्रभारकारी बनाउनका लागि यस्तो निर्देशन गरेको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा चालु आर्थिक वर्षमै विद्यमान बजेटबाट नै एकद्वार सेवा प्रणाली लागू गर्न आवश्यक प्रबन्ध गर्दै आगामी आर्थिक वर्षका लागि सुधार कार्य गर्न आवश्यक न्यूनतम बजेट माग गर्न समेत भनिएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्दै जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने, सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, सुशासन सुदृढीकरण तथा विकास व्यवस्थापनमा सहजीकरणजस्ता महत्त्वपूर्ण प्रशासकीय भूमिका निर्वाह गर्नुपर्नेसमेत मन्त्रालयले स्मरण गराएको छ । 

गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेको दिन सेवाहरु एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको र सरकारको शासकीय सुधारका एक सय कार्यसूचीमा सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार, सुशासन सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण समेतका विषयलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेलगायत विषय समेटिएको समेत निर्देशनमा उल्लेखछ । सो बमोजिम नै मन्त्रालयले आफ्नो काम कारबाही अगाडी बढाएको हो । 


प्रतिक्रिया