प्रहरी हवल्दार हत्याका दुई जना आरोपी पक्राउ

माघ २८, २०८२ | दार्चुला

दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यसअघि तीन जना पक्राउ परेकोमा प्रहरीले आशिष पाल र राजेन्द्रसिह डडाललाई घटना संलग्न भएको आशंकामा पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बारका सञ्चालक पालले हत्या घटनामा मुख्य भूमिका खेलेको र डडालले शव व्यवस्थापनमा सहयोगीको काम गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरी हवल्दार घर्तीको हत्या आरोपमा यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको थियो । घर्तीको शवपोष्टमार्टम गरेर अन्तिम संस्कार गरिसकिएको छ । 

उनको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया