बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २, २०८२ | सुनसरी

प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । धरान रंगशालामा सम्पन्न फाइनल खेलमा साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको जित निकाल्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । 

प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । प्रतियोगितामा च्याम्पियन बनेको एन्फा उपाध्यक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । 

उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित भए । उनले एक थान होन्डाको डियो स्कुटर पुरस्कार पाए । 


प्रतिक्रिया