टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्याण्डको पहिलो जित
फाल्गुन २, २०८२ | काठमाडौं
आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’ मा रहेको आयरल्याण्डले पहिलो जित निकालेको छ । यसअघिको दुई खेल लगातार गुमाएको आयरल्याण्डले आज ओमानमाथि ९६ रनको प्रभावशाली जित निकालेको हो ।
आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा ओमानले १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३९ रन मात्र बनाउन सक्यो । आजको खेलको जितसँगै आयरल्याण्डले समूह चरणमा महत्वपूर्ण दुई अंक हात पारेको छ ।
आयरल्याण्डले यसअघि भएका दुई खेलमा अस्ट्रेलियासँग ६७ रन र श्रीलङ्कासँग २० रनको हार ब्यहोरेको थियो । यस्तै ओमानले भने लगातार तीन वटा खेल गुमाएको छ ।









