भ्रामक सूचनाप्रति सजग रहन नेपाली सेनाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २०, २०८२ | काठमाडौं

नेपाली सेनाले आफूलाई जोडेर सुनियोजित रूपमा प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाप्रति सजग हुन आग्रह गरेको छ । संविधान प्रदत्त एवं प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको जनाउँदै सेनाले भ्रामक सूचनाप्रति सजग हुन आग्रह गरेको हो ।

 प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै सुरक्षा व्यवस्थापन भइरहेको सेनाले जनाएको छ ।    


प्रतिक्रिया