सुर्खेतकी इनिसा विकको मृत्यु जवरजस्ती करणीबाट भएको पुष्टि
फाल्गुन २८, २०८२ | काठमाडौं
सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तश्रावका कारण भएको पुष्टि भएको छ । विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको प्रारम्भिक कारण खुलेको हो । पोस्टमार्टममा संलग्न चिकित्सक एवं भेरी अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यल डा. अर्विन शाक्यले मृतकको ढाडमा घस्रिएको चोटपटक लागेको र यौनांगको बाहिरी र भित्री भाग च्यातिएको पाइएकोे बताउनुभयो ।
यसैविच, बिकको मृत्युबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी उपरीक सुधिरराज शाहीले बताउनुभयो ।
यसैविच, सुर्खेतकी १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज तुलसीपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन् । तुलसीपुरस्थित ज्ञानज्योती माविका विद्यार्थीले विकको बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको मागसहित प्रदर्शन गरेका हुन् ।
बलात्कार र हत्याविरूद्ध कडा कानून लागू गर, बालिकालाई सुरक्षित गरौं, इनिसालाई न्याय दे, दोषीलाई कार्वाही गरलगातका नारा लगाउँदै विद्यार्थीहरूले बजार परिक्रमा गरेका थिए । सुर्खेतको उषा बालबाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विक गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।









