बालेन्द्र शाह मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त

रेडियो कान्तिपुर संवाददाता

चैत्र १३, २०८२ | काठमाडौं

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा १ अनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो । 

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीको शपथ गराउनुभएको छ। शाहको शपथमा बटुकहरूले स्वस्तिवाचन, बौद्ध भिक्षुले मंगलवाचन गर्नुका साथै शंख ध्वनि गरिएको थियो । 

यसअघिका सपथ कार्यक्रम शीतल निवासको मूलढोका अगाडि रहेको मञ्चमा हुने गरेको थियो । शपथ समारोहमा विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलगायतको उपस्थ्ति रहेको थियो । 


प्रतिक्रिया