संखुवासभा जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु

चैत्र १३, २०८२ | संखुवासभा

संखुवासभाको खाँदबारीस्थित जिल्ला अस्पतालले पहिलोपटक हेमोडायलासिस सेवा सञ्चालन गरेको छ। खाँदबारी नगरपालिका–९ की खुसकुमारी श्रेष्ठको सफल डायलासिस गरिएको हो । 

अस्पताल प्रशासनले आगामी दिनमा सेवा अझै विस्तार गर्ने योजना बनाएको जनाएको छ। आवश्यक परे थप मेसिन जडान गर्ने, जनशक्ति बढाउने तथा सेवा गुणस्तर सुधार गर्ने दिशामा काम भइरहेको जानकारी दिइएको छ।

जिल्ला अस्पताल संखुवासभामा हेमोडायलासिस सेवा सुरु हुनु यहाँका नागरिकका लागि ठूलो उपलब्धि र राहतको विषय बनेको छ ।


प्रतिक्रिया