प्रतिनिधिसभाका निर्वाचितमध्येका ज्येष्ठ सदस्य केसीद्वारा सपथ ग्रहण
चैत्र ११, २०८२ | काठमाडौं
प्रतिनिधिसभा सदस्यमा निर्वाचितमध्येका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा केही बेरअघि उहालाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ दिलाउनु भएको हो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका ७८ वर्षिय केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनु भएको हो । केसीले राष्ट्रपतिबाट आज सपथ लिएसँगै भोलि प्रतिनिधि सभाका अन्य २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउनु हुनेछ ।
सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नु हुनेछ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित भएका छन् ।











