निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ गराएको छ : राष्ट्रपति पौडेल
चैत्र ११, २०८२ | काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ गराएको बताउनुभएको छ । चुनाव सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निर्वाचनमा उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको विश्वास र भरोसा बढाएको बताउनुभयो ।
यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले कठिन परिस्थितिमा निर्वाचन सम्पन्न गर्न सकिएको बताउनुभएको छ ।
निर्वाचन आयोगले भने फागुन २१ गतेको निर्वाचन ऐतिहासिक भएको बताएको छ । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १ सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जना निर्वाचित भएका छन् ।










