१५ सदस्यीय मन्त्रीमण्डल गठन
चैत्र १३, २०८२ | काठमाडौं
बालेन्द्र शाह मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहसँगै मन्त्रीमण्डलका सदस्यहरुले समेत पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शाह र उहाँको मन्त्रीमण्डलका सदस्यहरुलाई शपथ गराउनुभएको हो ।
गोरखा–१ बाट निर्वाचित भएका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्नुभएको छ । खडकराज पौडेल (गणेश) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने बन्नुभएको छ । त्यस्तै, श्रममन्त्रीमा महोत्तरीका दीपक साह,शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बन्नुभएको छ ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी बिक्रम तिमिल्सिनाले पाउनुभएको छ । यस्तै, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विराजभक्त श्रेष्ठ, कृषि तथा सहकारी र वन मन्त्रालयमा गीता चौधरी र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाउनुभएको छ ।
त्यस्तै, सीता बादी महिला तथा बालबालिकामन्त्री हुँदा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुनील लम्साल बन्नुभएको छ । नवनियुक्त मन्त्रिहरुले सिंहदरबार पुगेर सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गरिसक्नुभएको छ ।









