पेट्रोलियम पदार्थ आयातको भन्सार करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

रेडियो कान्तिपुर संवाददाता

चैत्र २४, २०८२ | काठमाडौं

सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आजको बैठकले पेट्रोलियम आपूर्ति सहज बनाउने विकल्पमा सो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बताउनुभयो । 

यस्तै, सरकारले इन्धनको प्रयोग घटाउन सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्ने संकेत गरेको छ । घरबाटै काम गर्न र विद्युतीय सवारीको प्रयोग बढाउन समेत आग्रह गरिएको मन्त्री रावलले बताउनुभयो ।

सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकबाट झन्डै १२ अर्ब ६३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत गरेको छ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ । 

मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिनुभयो । 


प्रतिक्रिया