संसदलाई कार्यसम्पादनको प्रभावकारी केन्द्र बनाऔं : सभामुख अर्याल

रेडियो कान्तिपुर संवाददाता

चैत्र २३, २०८२ | काठमाडौं

सभामुख डोलप्रसाद अर्यालले संसदलाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसदलाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । 

उहाँले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सभामुख अर्यालले जेन–जी युवा तथा आम नागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरुमा रहेको उल्लेख गर्नुभयो ।



प्रतिक्रिया