पीएम कप क्रिकेट : सुदूर र एपीएफको जित
चैत्र २३, २०८२ | काठमाडौं
विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आज वीरगञ्जस्थित नारायाण्ी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई १ सय ३८ रनले हराउँदै आर्मीले पाँचौं जित हात पारेको हो । २ सय ६९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४२ ओभर १ बलमा अलआउट हुँदै १ सय ३० रन मात्रै बनाउ सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा अलआउट हुँदै २ सय ६८ रन बनाएको थियो । आर्मीको जितमा विकेटकिपर अर्जुन साउदले शतक प्रहार गरे।उनले १ सय २० बलमा १० चौका र ३ छक्काको मद्धतमा १ सय २१ रनको शतकिय इनिङ्स खेले । जितसँगै आर्मीले ६ खेलबाट ११ अंकका साथ शीर्ष स्थानमा छ । कर्णाली भने ७ खेलबाट ३ अंक जोडेर नवौं स्थानमा छ।
यसैबीच, जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित हराउँदै तेस्रो जित निकालेको छ । २ सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १४ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको थिया । उसका लागि सुन्दिप जोराले सर्वाधिक ५५ रन जोडे । सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए । जितसँगै ७ खेलबाट ७ अंक जोडेको एपिएफ छैटौं स्थानमा छ। यता सुदूरपश्चिम ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।









