राष्ट्रपति पौडेलले भोलि संघीय संसदमा सम्बोधन गर्ने

रेडियो कान्तिपुर संवाददाता

चैत्र २६, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपति पौडेलले भोलि अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने संघीय संसद सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।

 नेपालको संविधानको धारा ९५ ले राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था उल्लेख छ । 

संविधानको सोही धारामा राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । 


प्रतिक्रिया