उपसभामुखमा रुबिकुमारी ठाकुर निर्वाचित हुने निश्चित
चैत्र २६, २०८२ | काठमाडौं
प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबिकुमारी ठाकुर निर्वाचित हुने निश्चित भएको छ । सो पदका लागि राप्रपाकी सरस्वती लामाको समेत उम्मेदवारी परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको समर्थनका कारण ठाकुर उपसभामुख हुने निश्चित भएको हो ।
श्रम संस्कृतिकी ठाकुरको प्रस्तावक पार्टीका सांसद आरेन राई हुनुहुन्छ भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गर्नुभएको छ । राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही तथा समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी हुनुहुन्छ ।
उपसभामुखका लागि रास्वपाले राप्रपालाई समर्थन गर्ने विवरण सार्वजनिक भएपनि अन्तिम समयमा श्रम संस्कृति पार्टीको उम्मेदवारलाई सो पार्टीले समर्थन गरेको हो । उपसभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ ।








