हायु समुदाय सधै पछाडी

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७४ | भोजपुर

 

निर्वाचनको मुखमा भोट माग्न उम्मेदवार मतदाताको घरदैलोसम्म पुग्ने गर्छन । त्यही मौका पारेर मतदाताले पनि विकास निर्माण लगायतका आफुहरुका माग उम्मेदवार सामू सुनाउँने पुरानै परम्परा हो । तर भोजपुरको आमचोक गाउँपालिकामा बसोबास गर्ने हायु जातीले भने छुट्टै अपेक्षा गरेका छन् । 

स्थानीय तह निर्वाचनका लागि दलका नेता तथा उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा लागेका बेला मतदाता विकास निर्माण मागिरहेका छन् । बाटाघाटो, विजुली, आधुनिकता अनुसारको प्रविधिको विकास मतदाताको माग बन्ने गर्छ ।

तर आमचोक गाउँपालिका–७, देवनटारका हायु जातीको माग भने अलि फरक छ । सुन्दा सामान्य जस्तो लागेपनि जीवन गुजार्न चाहिने गाँस वास कपासको अभावमा उनीहरुको दैनिकि वितिरहेको छ । दैनिक जीन यापन गर्न आवश्यक आधारभूत आवश्यक्ता पूरा गर्ने उम्मेदवार आफुहरुको रोजाईमा पर्ने उनीहरु बताउँछन् ।

६४ बर्षिय भक्तहादुर हायु यसअघि पटक पटक आफुहरुको मत प्रयोग गरेर गएका नेताहरु फर्केर नआएको गुनासो गर्नुहुन्छ । विगतमा भएका पटक पटकका चुनावमा भोट दिएपनि समुदायमा चित्त बुझ्दो परिवर्तन नभएको उहाँ बताउनुहुन्छ । 

जिल्लाभर देवनटारमा मात्र रहेका हायु अरु समुदायको तुलनामा हरेक तवरमा पिछडिएका छन् । रामेछाप जिल्ला मुल थलो भएका हायु यहाँ ५ घर मात्रै छन् । उनीहरु त्यहिबाट आएर ७ पुस्ता बिताइसकेका छन् ।

समय फेरिदै गएपनि आधुनिकता अनुसार जिवनशैली फेरिएको छैन । पुरानै पद्धतीबाट चलेका छन् । पछिल्लो समय केहि परिवर्तन हुन थालेपनि उल्लेखनिय भएको छैन । यो समुदाय आर्थिक, सामाजिक तथा राजनितिक हिसाबले पछाडि परेको छ ।

गरिबी र अभावमा बाँचेका हायु समूदायमा उचित शिक्षा नहुँदा जीवनस्तर उकासीन नसकेको २२ बर्षिय युवा लक्ष्मण हायुको भनाई छ । आर्थिक स्थिती कमजोर भएकाले पढाइबाट बञ्चित उनीहरु दुई छाक टार्नकै लागि ज्याला मजदुरी गरेर गुजारा चलाउँछन् ।

अल्पसंख्यकमा परेको जाती भएकाले राज्यले मासिक जनहि २ हजारका दरले सामाजिक सुरक्षा भत्ता त प्रदान गर्छ तर दैनिकि चलाउन त्यती नै प्रर्याप्त छैन । आत्म निर्भर हुने व्यवस्था गर्नेलाई मतदान गर्ने उनीहरुको तर्क छ । 

 


प्रतिक्रिया