जनकपुर उपमहानरगरमा राजपा विजयी
आश्विन ८, २०७४ | धनुषा
धनुषाको जनकपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको पदमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेदवार विजयी हुनु भएको छ । जनकपुर उपमहानगरपालिकाको प्रमुखको पदमा राजपाका लालकिशोर साह विजयी हुनु भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार साहलाई पराजित गर्दै राजपाका साह उपमहानगरको प्रमुखमा विजयी हुनु भएको हो । साहले २१ हजार ९ सय २ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार मनोज कुमार साहले १० हजार ४ सय ४३ मत प्राप्त गर्नुभयो । यस्तै, उपमहानगरको उपप्रमुख पदमा राजपाकी रीता झा विजयी हुनु भएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार निलम कर्णलाई पराजित गर्दै झा उपप्रमुखमा विजयी हुनु भएको हो । झाले १५ हजार २ सय ४७ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।