परराष्ट्रमन्त्री राणा भारतमा

फाल्गुन २६, २०८१
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणका लागि भारत जानुभएको छ । मन्त्रीराणा झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि जानुभएको हो । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । मन्त्री राणाभारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुने छ ।
विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहने सो कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्नुहुने छ ।साथै भ्रमणका क्रममा उहाँले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।