राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा चारवटा विधेयक प्रमाणित

फाल्गुन २६, २०८१ | काठमाडौं

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चारवटा विधेयक प्रमाणित गर्नुभएको छ । ती विधेयक अब राष्ट्रपतिसमक्ष अन्तिम प्रमाणीकरणका लागि पठाइनेछ । 

अध्यक्ष दाहालका प्रेस विज्ञ डिल्ली मल्लका अनुसार सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, विद्युतीय व्यापार विधेयक, विधायन सम्बन्धी विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रमाणित भएका हुन् ।

भ्रष्टाचार निवारण विधेयक २०७६ सालमा दर्ता भएको थियो भने बाँकी तीनवटा विधेयक २०८० सालमा संसदमा पुगेका थिए । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् ।


प्रतिक्रिया