काठमाडौंका केही स्थानमा निषेधाज्ञा जारी

फाल्गुन २६, २०८१

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा फागुन २५ गते हिजोदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ । राष्ट्रपति कार्यालय महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो । 


कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने पनि आदेशमा उल्लेख छ । 


प्रतिक्रिया