उपत्यकामा नेपाल प्रहरी र सशस्त्र बलको निशुल्क बस सञ्चालनमा

आश्विन ३१, २०७५ | काठमाडौं
दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतलाई सहज बनाउन तीन वटै सुरक्षा निकायले नि:शुल्क बस सञ्चालन गरेका छन् ।
नेपाल प्रहरीको बस सेवा
नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न तीन रुटमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्र बनाएर ती रुटमा बस सञ्चालन गरिनेछ । नक्साल–पुतलीसडक–माइतीघर–कुपण्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलङ्की–कालीमाटी–त्रिपुरेश्वर–शहीदगेट–रत्नपार्क–दरबारमार्ग हुँदै पहिलो रुट नक्सालमा पुगेर टुंगिने प्रहरीले जनाएको छ ।
त्यस्तै नक्साल–मैतिदेवी–गौशाला– कोटेश्वर–तीनकुने– बबरमहल–माइतीघर– त्रिपुरेश्वर–शहीदगेट– लैनचौर–लाजिम्पाट–नारायणगोपालचोक– बालुवाटार पुन: नक्सालसम्म पनि प्रहरीको बस चल्ने बताइएको छ । यस्तै नक्साल–जय नेपाल हल– लैनचौर–सोह्रखुट्टे– नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिङ्गेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुन: नक्सालसम्म प्रहरीले बस सेवा दिनेछ ।
सशस्त्र प्रहरी बलको बस सेवा
सशस्त्र प्रहरी बल नेपाल पनि दशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस नि:शुल्क रुपमा सञ्चालन गर्ने भएको छ । दशैं बिदा अवधिभर काठमाडौं उपत्यकाभित्र कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्य्विनायक पुगी पुन: सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।
यसैगरी, अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाासबारीहुादै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ । त्यस्तै, सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजु हुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजु हुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । नि:शुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।
सेनाको बस सेवा
नेपाली सेनाले समेत उपत्यकाभित्र नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दशमीका दिन कात्र्तिक २ गते उपत्यकामा न्यून मात्र सवारी साधान चल्ने भएकाले बस सेवा सञ्चालन गर्न लागिएको नेपाली सेनाले जनाएको छ । दशमीका दिन ८ वटा रुटमा विहान ७ र ११ तथा दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस नि:शुल्क सञ्चालन गर्ने व्यवस्था मिलाइएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।
सेनाको बस सेवा हुने रुटहरु
भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क त्यस्तै भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर रहेको छ । त्यस्तै भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली । भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउा, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली । भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।