कोशी राजमार्गको भेडेटार लेगुवा खण्डमा टाइमकार्ड लागु

असार १, २०८२ | धनकुटा
तिब्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि धनकुटा प्रहरीले आजबाट टाइमकार्ड लागु गरेको छ ।
धनकुटाको भेडेटार नाका भएर कोशी राजमार्गको धनकुटाभीत्र गुड्ने सार्वजनिक सवारी साधनका लागि टाइमकार्डको व्यबस्था गरिएको हो ।
कोशी राजमार्गको भेडेटार–मुलघाट, धनकुटा–हिले, हिले–लेगुवा र सिंधुवा खण्डमा सवारीको गति निर्धारण गरिएको छ । भेडेटार मुलघाट १७ किलोमिटरका लागि ४०, मुलघाट धनकुटा १८ किलोमिटरका लागि ४०, धनकुटा हिले ३०, हिले लेगुवाघाट २६ किलोमिटरका लागि ५५ मिनेट र हिले सिंधुवाको १२ किलोमिटर दुरीका लागि २५ मिनेट समय तोकिएको छ ।
तोकिएको समय पालना नगर्ने सवारीसाधनका चालकलाई तिब्र गतिमा सवारी चलाएको कसुरमा कारबाहि गरिने धनकुटाका प्रहरी उपरिक्षक शरत थापा क्षेत्रीले बताउँनु भयो । यस्तै चालकहरुको आराम र सामान्य स्वास्थ्य जाँचको ब्यबस्थाका लागि स्थानीयतह र यातायात व्यबस्था कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।